धनगढी : कैलालीमा सुनगोहोरो भेटिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको हो। स्थानिय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानियले सुनगोहोरो देखेका थिए । सो सुनगोहोरो स्थानियले देखेपछि इलाका बन कार्यालय सुखडमा खबर गरिएको थियो ।
सो सुनगोहोरोलाई डिभिजन बन कार्यालय पहलमानपुरले उद्धार गरेको छ । डिभिजन बन कार्यालय प्रमुख गोकुल रिजालले सुनगोरोलाई उद्धार गरी सुरक्षित स्थानमा छोडिएको बताए।
नेपाललगायत भारत, बङ्गलादेश, म्यान्मा र पाकिस्तानमा मात्र पाइने सुनगोरो तराईक्षेत्रमा पाइन्छ। आईयुसिएनले सङ्कटापन्न सूचीमा राखेको सुनगोहोरो संरक्षणमा नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत हेर्दै आएको छ।