कैलाली। कैलालीमा गठबन्धनविरुद्ध बागी बनेका ७ जनालाई कारबाहीमा परे परेका छन्। सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेपाली काँग्रेस कैलालीका ७ जना उम्मेदवारलाई कारबाही गरिएको छ। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (२) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाही, निर्वाचन क्षेत्र नं ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको बताए। निर्वाचन क्षेत्र नं. ३ (२) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाही पनि कारबाहीमा परेका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति भट्टले क्षेत्र नं. ४ (२) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठकलाई पनि कारबाही गरिएको बताए। शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बमविरुद्ध उम्मेदवारी दिएका थिए। यता निर्वाचन क्षेत्र नं. क्षेत्र नं. ५ (२) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारबाही भएको छ। सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाले उम्मेदवारी दिएका छन्।