कैलाली। नेकपा एमाले सुदुरपश्चिम कमिटीले पार्टिका आधिकारीक उम्मेदवार बिरुद्ध स्वतन्त्र उमेदवारी दिने नेता माथी कार्वाही गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागी एमालेका आधिकारीक उम्मेदवारमाथी स्वतन्त्र उमेदवारी दिने कैलाली कञ्चनपुरका नेतामाथी पार्टी सदस्य समेत नरहने गरी कार्वाही गरेको हो।
नेकपा एमाले सुदुरपश्चिम कमिटी सचिव धर्मराज पाठकद्धारा जारी गरिएको प्रेश विज्ञप्तीमा पार्टिको बिधान अनुसार धारा ८० को ६ बमोजिम गम्भीर प्रकृतीको अनुशासन उल्लघन गरेकोले पार्टिको बिधान तथा पार्टि केन्द्रको यसअघिको नितीगत निर्णय अनुसार ५ जना मार्थी पार्टि सदस्य नरहने गरी कार्वाही गरिएको छ । जसमा कञ्चनपुर प्रदेशसभा १ बाट भक्त बहादुर अधिकारी, प्रदेशसभा १ ख बाट टेक बहादुर साउँद, प्रदेशसभा २ क बाट टेक बहादुर हमाल छन् । यस्तै प्रतिनिधीसभा १ बाट खेम सुबेदी र कैलाली प्रतिनिधीसभा १ विजय सिंह मयाललाई कार्वाही गरिएको प्रेश विज्ञप्ती मार्फत उल्लेख गरिएको छ