अत्तरिया। नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ ले आगामी मंसिर ४ गते हुने निर्बाचन को लागि १००१ सदस्यीय मुल निर्बाचन परिचालन समिति बनाएको छ । क्षेत्रीय समन्वय समितिका संयोजक हितेश ओझाले आजको भेलामा समितिका नाम, संयोजक र सह( संयोजक र सचिबहरु को नाम प्रस्ताव गरेका थिए ।भेलाले उनको प्रस्तावलाई अनुमोदन गरेको थियो।
मुल निर्बाचन परिचालन समितिको संयोजकमा डिल्लीराज भट्टलाई जिम्मेवारी तोकेको छ। यस्तै उक्त समितिको सह- संयोजकमा टीका नाथ र सचिब मा प्रदेश साँसद मा कृष्णराज सुबेदीलाई जिम्मेवारी दिएको छ । यस्तै समन्वय समितिले आर्थिक, युबा, महिला, प्रचार, मिडिया , दलित , मजदुर लगाएतका उपसमिति पनि बनाएको छ।