कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार निर्वाचन कार्यालयमा पुगेर ६ जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका हुन्।
प्रदेश सभा ‘क’ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता राम चरण चौधरी र नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटे लाल चौधरीले उम्मेदवारी फिर्ता लिएका निर्वाचन कार्यालयले जनाएको छ ।यस्तै प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका मनराज शाही, पूर्ण राज जोशी, एकीकृत समाजवादी परित्याग गरेका नेता मेघबहादुर साउँद र नेकपा माओवादी केन्द्रका घोडाघोडी नगर अध्यक्ष खगेन्द्र हमालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

