कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जंगली जनावरलाई पासो थाप्न गएका एक जनाको मृत्यु भएको छ । नगरपालिका वडा नम्बर १ का ४९ बर्षिय बिर बहादूर डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार उनी जंगलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतक डगौरासहितको केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएका भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक डगौराको शव जंगलमा उनीसँगै गएकाहरुले लुकाएको भन्ने खुलेको र ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।