कैलाली। कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मुख्य निर्वाचन अधिकृत ओम प्रसाद अर्यालले आज एक सुचना जारी गर्दै लक्ष्मण थारुको उम्मेदवारी रद्द भएको जानकारी दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुले उम्मेदवारी दिएका थिए।
सोमबार लक्ष्मण थारुको उम्मेदवारीविरुद्ध उजुरी परेको थियो। उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी निज फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो। आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका फरार सूचीमा रहेका लक्ष्मण चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए । टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । सुचना




