बाजुरा। बाजुरामा पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ। भने एक जना घाईते भएका छन् । बाजुराको जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा ४५ बर्षिया प्रभुलाल गिरीको मृत्यु भएको हो।मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी पठाईएको प्रहरीले जनाएको छ।
भने घाईते हुनेमा उनकी आमा रहेकी छन । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोही गाउँमा पहिरोमा परि ३ परिवार बिस्तापीत भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्य थापाले बताएका छन ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २ ओटा प्रहरी चौकी समेत जोखीम परेको जनाएको छ । जगन्नाथ गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीमा पानीको बहाब बढ्न गई जमिन कटान गरी जोखीममा रहेको छ।
त्यस्तै हिमाली गाउँपालिकाको कवाडीमा रहेको प्रहरी चौकी समेत कर्णाली नदी र कुवाडी खोलामा पानीको बहाव बढ्न गई अस्थाई प्रहरी पोष्ट कुवाडी समेत जोखिममा परेको छ। अबिरल बर्षाका कारण स्वामीकार्तिक खापर गाउँपालीका ४ फैता स्थित कालिका आधारभुत बिद्यालयको भुईतले ३ कोठे पक्की भवनमा माथिबाट पहिरो आई भवन पुरिएको छ ।हिमाली गाउँपालीका ५ कुवाडी बजारको २ सय ५० मिटर माथिबाट अबिरल बर्षाका कारण पहिरो आई बजारमा रहेका घरहरुमध्ये ७ वटा घरहरु पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।