कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपाएमालेका नर बहादुर धामी उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा धामी दोहोरिएका हुन् । यस्तै प्रदेश सभा सदस्यमा कृपाराम राना र बचन बहादुर सिँहले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सभाका उम्मेदवार राना र सिहमध्ये राना प्रदेश सभा ख र सिह क मा चुनाव लड्ने भएका हुन् ।
झलारीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवारको धामीको उम्मेदवारीमा लोकेन्द्र प्रसाद पन्त प्रस्तावक र हरिश भाट समर्थक छन् । पन्त कृष्णपुर इन्चार्ज र भाट बेदकोट नगर अध्यक्ष हुन्।संविधान सभा सदस्य रानाको उम्मेदवारीमा बिरेन्द्र बहादुर शाह प्रस्तावक र ज्ञान बहादुर विष्ट समर्थक बसेका छन्। यसैगरी एमाले कृष्णपुर नगर अध्यक्ष प्रस्तावक बसेको सिहको उम्मेदवारीमा भक्तराज जोशी समर्थक छन्।
एमालेका निवर्तमान साँसद तेस्रो पटक चुनावी मैदानमा गएका हुन्। २०७४ मा निर्वाचित उनी त्यस अघि २०७० मा पराजित भएका थिए। एमालेका केन्द्रीय सदस्य धामी विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी विद्यार्थी राजनीतिबाट चर्चा कमाएका नेता हुन्। एमाले केन्द्रीय सदस्य राना २०७० मा संविधान सभा सदस्य भएका हुन्। २०७० मा एमालेबाट तत्कालिनक क्षेत्र नं. २ मा प्रत्यक्ष सिफारिश भएका उनी पति समानुपातिक बसेका थिए। विद्यार्थी राजनीतिबाट आएका राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिह पहिलो पटक चुनावी मैदानमा गएका छन् । उनी धामीसंगंै प्रतिनिधि सभा सदस्यमा सिफारिश गरिएका थिए । एमालेले उनलाई प्रदेश सभा सदस्यको टिकट दिएको छ ।