कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले संघ र प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन। क्षेत्र १ मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ ।
प्रतिनिधी सभा सदस्य उम्मेदवारमा यस अघि नै नेकपा माओवादीले पोलिट्ब्यूरो सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरलाई अघि सारेको थियो। माओवादी केन्द्रले समेत मगरकै नाममा टिकट दिने निर्णय गरेको छ। काँग्रेसले प्रदेश १(क)बाट बन्धु राना र १(ख)मा दिवान सिह विष्टलाई टिकट दिएको छ। संविधान सभा सदस्य समेत रहेका काँग्रेस नेता विष्ट संघमा एकल सिफारिस भएका थिए। विष्टलार्ई मुख्यमन्त्री दिने सर्तमा संघमा एकल सिफारिस भएपनि अन्तत प्रदेशका चुनाव लड्न तयार भएका छन । राना निवर्तमान काँग्रेस कञ्चनपुर उपसभापति हुन। बाम गठबन्धनका तीनै उम्मेदवारलाई बलियो रुपमा हेरिएको छ।