कैलाली। अछाम १ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गराएका छन् । बोहराले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। अघिल्लो पटक माओवादी बाट प्रदेश सभामा निर्वाचन भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका हुन्।
यसअघि यो क्षेत्रमा एमालेबाट भीम रावल उम्मेदवार बन्दै आएका थिए । जिल्लाबाट एकल सिफारिस भएपनि एमालेले यो पटक रावललाई टिकट दिएन ।