दार्चुला। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार बडूले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।बडूले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुला खलंगामा प्रदेशसभाका दुवै उम्मेदवारसहित उम्मेदवारी दर्ता गराएका हुन् ।
दार्चुलाबाट सुदूरपश्चिम प्रदेशसभाका लागि दुई उम्मेदवार छन् । प्रदेशसभा सदस्यका लागि दार्चुला (क) बाट कांग्रेसका विक्रमसिंह धामी र दार्चुला (ख) बाट माओवादी केन्द्रका मानबहादुर धामीले उम्मेदवारी दर्ता गराएका छन् । मानबहादुर धामी सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुन् । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका बडू २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भएका थिए । उनी २०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य थिए ।