कैलाली। नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र क बाट कमला ओली र ख बाट एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
रावल ०७४ निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। रावलले अनेरास्ववियू र युवासंघमा लामो समय काम गरेका थिए। ओली यसअघि राष्ट्रिय सभा सदस्य थिइन । यस्तै पाण्डेले अनेरास्ववियूमा जिल्लादेखि केन्द्रसम्म लामो समय काम गरेका थिए । उनी ०५७ सालमा कैलाली बहुमुखी क्याम्पसका स्ववियू सभापति भएका थिए ।


