काठमाडौँ।नेपाली कांग्रेसले चितवन-१ र २ मा क्रमश: विश्व पौडेल र उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले चितवन-१ मा अर्थशास्त्री पौडेललाई टिकट दिएको हो ।पौडेल हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत हुन् । यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, चितवन-२ मा राज्यमन्त्री श्रेष्ठले टिकट पाएका छन् । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत हुन् । उनी उठेको क्षेत्रमा एमालेले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ ।