धनगढी : एमाले नेता डा.भिम रावलको टिकट खोसिएपछि एमाले अछाम जिल्ला कमिटिका चार जना सचिवालय सदस्य सहित ४० जनाले एमाले छोडेको घोषणा गरेका छन् । जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश शाह, केशर मियाँ, बलगिरि कुँवर, सागर सिहं बाब्ली सहित ४० जनाले एमाले त्यागेको घोषणा गरेका हुन् ।
पार्टी जिल्लाको निर्णयलाई लत्याएर केन्द्रले रावलको टिकट खोसेर जनभावना बिपरित काम गरेको भन्दै उनिहरुले पार्टी छोडेको घोषणा गरेका हुन् । अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिश भएका भिम रावललाई एमाले अध्यक्ष केपी सर्मा ओलीले टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिएका थिए । बोहराले चुनाव लड्न नचाहेपनि पार्टीले उनलाई जबरजस्ती टिकट दिएको नेताहरुको दावी छ ।
नेता रावल २०४८ लालदेखी अछामबाट चुनाव लड्दै आएका छन् । २०४८ मा पराजित भएका रावल २०५१ सालको मध्यावधी चुनावमा अछाम १ बाट विजयी भएका थिए। रावलले ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागेका थिए। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए।