धनगढी : एमाले नेता भिम रावलको टिकट खोशिएपछि अछाम एमालेमा खैलाबैला माच्चिएको छ । अछाम १ बाट एकल उमेदवार शिफारिस भएका रावलको टिकट खोशिएपछि गृह जिल्ला अछाममा खैलाबैला माच्चिएको हो ।
रावलको टिकट खोशिएपछि उनको जिल्लामा खैलाबैला माच्चिएको एमाले श्रोतले बतायो । उनको क्षेत्रमा एमाले नेताहरुले बिद्रोहको तयारी समेत शुरु गरेको श्रोतले बतायो । नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश, पालिका तथा जिल्ला कमिटि सदस्यहरुले आजै सामुहित राजिनामा समेत दिने तयारी गरेको एक नेताले बताए । सामुहिक राजिनामाका लागी उनी निकटका नेताहरु छलफलमा जुटेका छन् ।
अछाम १ बाट एकल शिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी सर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई टिकट दिएका थिए । उनि सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । बोहराले चुनाव लड्न नचाहेर सिफारिश समेत नभएका उनलाई एमालेले टिकट दिएको हो ।