धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाले टिकट पाएका छन् । पुर्व मन्त्री समेत रहेका रानाले कैलाली ५ का लागी एमालेबाट टिकट पाएका हुन् । आफेनो बलियो पकड बनाउन सफल राना फेरी प्रतिनिधीसभामा दोहोरिन लागेका हुन् ।
रानासंगै प्रदेशसभा क मा नेकपा एमालेका पुराना नेता यज्ञ बास्तोलाले टिकट पाएका छन् । निबर्तमान प्रदेशसभा सदस्य नेपालु चौधरीको नाम केन्द्रमा शिफारिश भएको थियो । तर बास्तोलाले टिकट पाएका हुन् । यस्तै प्रदेशसभा ख मा एमाले कैलालीका कार्यकाहक अध्यक्ष दुर्गा प्रसाद जोशीले टिकट पाएका छन् । २०७४ सालमा एमालेबाट धनगढी उप महानगरपालिकाको मेयरमा लडेका जोशी काग्रेंसका नृप बहादूर वडसंग पराजित भएका थिए ।
त्यसपछि एक कार्यकाल सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समिति अध्यक्ष भइसकेका जोशीले यस पटक एमालेबाट प्रदेशसभा सदस्यको टिकट पाएका छन् । नेपाली काग्रेंसबाट प्रतिनिधीसभामा निबर्तमान प्रदेशसभा सदस्य डिल्ली पन्त, प्रदेश क मा गठबन्धनबाट माओवादीका रमेश धामी र ख मा प्रकाश देउवाले टिकट पाउने सम्भावना छ ।