धनगढी: सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी तोकिएको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ मा पार्टीले संघमा पुर्व मन्त्री र प्रदेशमा पुर्व मेयरहरुलाई टिकट दिएको छ । प्रतिनिधीसभामा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले टिकट पाएका छन् ।
नेकपा एमालेले प्रदेशसभा क तर्फ गौरिगंगा नगरपालिकाका निबर्तमान मेयर भिम बहादूर देउवालाई टिकट दिएको छ । एक कार्यकाल मेयर बनिसकेका देउवालाई प्रदेशसभा सदस्यको टिकट दिएको हो ।
यस्तै प्रदेशसभा ख तर्फ गोदावरी नगरपालिकाका निबर्तमान मेयर हरी सिहं साउँदले टिकट पाएका छन् । आफ्नो जनआधार बलियो बनाइएको दावी गर्दै एमालेले उनलाई प्रदेशसभा को टिकट टिकट दिएको हो ।