धनगढी : कैलाली निर्वाचन क्षेत्र नमबर ५ धनगढीमा नेपाली काँग्रेसको कार्वाहीमा परेका नेता पुष्करनाथ ओझाले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गरी पुर्व राज्यमन्त्री समेत रहेका नेता ओझाले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको तयारीमा लागेको बताए । सवै राजनैतिक दलको भोट बाट आफुले मत पाउँने विश्वास लिएका कारण जित पनि सुनिश्चित रहेको दावी ओझाको छ । उनले काँग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको समेत बताए ।
पूर्व सञ्चार राज्यमन्त्री समेत रहेका ओझाले समर्थकहरुसँग प्रवृति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताए । उनले कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र हेरिने प्रवृतिको विरोध स्वरुप आफ्नो उम्मेदवारी रहेको बताएका छन् । धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भएपनि आयाम ठुलो हुने दाबी गरे ।
ओझाले आफु धनगढीबाट झोलामा पैँसा बोकेर जाँदैमा चुनाव जितिन्न भन्ने शन्देस दिने बताए । धनगढीका जनता शिक्षित र बौद्धिक छन् यहाँका जनता झोलाको पैँसामा बिक्दैनन् ओझाले भने “म यो चुनावमा त्यो प्रमाणि गर्ने छु, धनगढीका जनता इमानमा बिश्वास गर्ने जनता हुन् कसैको दवाव र प्रभावमा बेचिदैनन् ।” म चुनाव जितेर यो प्रमाणित गर्नेछु “ओझाले भने अरु भन्दा म फरक छु त्यसकारण मलाई सबैभन्दा बढी यहाँका जनताले गर्नेछन् उनले भने “मैले ३ बर्षे सांसदको कार्यकालमा केही आश देखाएको छु, धेरै काम गर्न सकेन म नै सन्तुस्ट छैन तर त्यस अघी अथवा पछि भएका सांसदहरुभन्दा मैले केही गरेको छु त्यस कारण म यसपालि सबैको रोजाइमा पर्ने छु ।”
ओझाले कैलाली ५ मा आफु सबैभन्दा पुरानो काग्रेंसको नेता भएका कारण सबै काग्रेंसीजनको मत पाउने दावी गरे । कैलालीमा काग्रेंस स्थापना गराउने नेतामध्ये म मात्रै जिउँदो छु ओझाले भने “म बाहेक यहाँका काग्रेंसीजनको रोजाइमा को पर्ला त अनी म माथी भएको अन्याय सबैले बुझेका छन्, काग्रेंस लगायतका पार्टी सुधार्नका लागी काग्रेंसका सबै र कम्युनिस्टकापनि आधा मत मैले पाउने छु ।”
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ ले राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आएको छ । सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा नेपाली कांग्रेसको भागमा सो प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र परेको हो । तर नेपाली कांग्रेसको कारबाहीमा परेका नेता ओझाको उम्मेदवारीले कांग्रेसी नेता तथा कार्यकर्ताबीच हलचल पैदा गरेको छ । नेपाली काग्रेंसबाट निबर्तमान प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्त र एमालेबाट नारदमुनी रानानै चुनाव लड्ने निश्चित भएको छ ।