धनगढी : पुर्व राज्यमन्त्री तथा नेपाली काग्रेंसबाट कार्वाहीमा परेका पुस्करनाथ ओझाले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी तयारी थालेका छन् । उमेदवार मनोनयनको मिति नजिकिएसंगै ओझाले उमेदवारी दिन आफ्ना निकटस्थहरुसंग छलफल गरेका छन् । धनगढीको रुवस होटलमा ओझाले आफ्ना निकटस्थहरुसंग आगामी रणनितिबारे छलफल गरिरहेको बताइएको छ ।
ओझाले प्रतिनिधीसभा सदस्यमा उमेदवारी दिने तयारी गरेको श्रोतले बताएको छ । उनि निकट एक नेताका अनुसार प्रतिनिधीसभामा मात्रै एकल उमेदवारी दिने की प्रदेशसभामापनि दिने भनेर आफ्ना शुभचिन्तकहरुसंग ओझाले छलफल गरिरहेका छन् । ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिने ति नेताले बताए ।
२०७० सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट उप निर्वाचन लडेका ओझाले एमालेका महेश्वर पाठकलाई पराजित गर्दै बिजयी भएका थिए । त्यसपछि ओझा राज्यमन्त्री समेत भएका थिए । २०७४ सालमा देउवापत्नी आरजु राणा देउवालाई कैलाली ५ को टिकट मिलेपछि ओझा मौन बसेका थिए । उनलाई आरजु हराएको आरोपमा काग्रेंसले कार्वाही गरेको छ ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए । उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो ।
तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेकाले त्यो सम्भावना नरहेको नेताहरु बताउँछन् । प्रदेशसभा ‘ख’ तर्फ भने आरजुले आफ्ना स्वकीय सचिव सचिव रहेका भतिजा प्रकाश देउवालाई लडाउने तयारी गरेकी छन् ।