कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका अमरबस्तीको डोकेबजार बेलौरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोकिदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।
बुधबार राती करिब ११ बजे भएको दुर्घटनामा मा्टरसाइकल चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का २२ बर्षिया वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
गम्भीर घाइते भएका दुबैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।