धनगढी : संघ र प्रदेशको निर्वाचनको मिति नजिकिएसंगै दलहरुले उमेदवारहरुको अन्तिम नामावली तयार पारिरहेका छन् । नेकपा एमालेले करिब करिब उमेदवारहरुको नामावली थयार पारिसकेको छ । सत्ता गठबन्धनले उमेदवारहरु टुगंो लगाउन नसकेका कारण एमालेले आफ्ना उमेदवारहरुको लिस्ट सार्वजनिक भने गरेको छैन । एमाले श्रोतका अनुसार पार्टीले ९० प्रतिशत बढी उमेदवारको टुगंो लगाइसकेको छ ।
उमेदवारहरुको अन्तिम टुगाें लाग्दै गर्दा सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी तोकिएको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ मा पार्टीले संघमा पुर्व मन्त्री र प्रदेशमा पुर्व मेयरहरुलाई लडाउने तयारी गरेको हो । संघका लागी नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टलाई पार्टीले एकल सिफारिश गरेको थियो सोही अनुसार प्रतिनिधीसभाका लागी भट्टनै निर्बिकल्प भएका छन् । उनलाई पार्टीले टिकट दिने लगभग निर्णयमै पुगेको छ ।
प्रदेशसभा तर्फ भने एमालेले पुर्व मेयरहरुलाई तयार पारेको श्रोतको दावी छ ।
नेकपा एमालेले प्रदेशसभा क तर्फ गौरिगंगा नगरपालिकाका निबर्तमान मेयर भिम बहादूर देउवालाई तयार गरिरहेको एमाले श्रोतको दावी छ । एक कार्यकाल मेयर बनिसकेका देउवालाई अब प्रदेशसभा सदस्यको टिकट दिने पार्टी श्रोतको दावी छ । सत्ता गठबन्धनबाट यस क्षेत्रमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुदूरपश्चिमका भौतिक पुर्वाधार बिकास मन्त्री टिकट पाउँदै छन् ।
यस्तै प्रदेशसभा ख तर्फ गोदावरी नगरपालिकाका निबर्तमान मेयर हरी सिहं साउँद टिकट पाउन लागेको श्रोतको दावी छ । आफ्नो जनआधार बलियो बनाइएको दावी गर्दै एमालेले उनलाई प्रदेशसभा को टिकट दिन लागेको पार्टी श्रोतको दावी छ । उनिसंग सत्ता गठबन्धनबाट काग्रेंसका प्रकाश बम भिड्ने सम्भावना बढी छ । यद्दपी एमालेले दशैँपनि मात्रै उमेदवारको अन्तिम रुप दिने बताइएको छ ।