धनगढी : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी दलहरुले करिब करिब उमेदवारको टुङ्गो लगाएका छन् । दशैँपछि लिस्ट सार्वजनिक गर्ने तयारी गरेका दलहरुले उमेदवारहरुको लगभग टुङ्गो लगाएका हुन् । कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट निबर्तमान प्रदेशसभा सदस्य समेत रहेका डिल्लीराज पन्त प्रतिनिधीसभाको उमेदवार बन्ने पक्का भएको छ । नेपाली काग्रेंसले कैलाली ५ का लागी पन्तलाई टिकट दिन लागेको हो ।
यस्तै प्रदेशसभा क मा माओवादी केन्द्रका रमेश धामी उमेदवार बन्ने लगभग टुङ्गो लागेको श्रोतले बताएको छ । २०७४ सालमा प्रदेशसमा ख मा काग्रेंसका डिल्लीराज पन्तसंग पराजित धामी यसपालि क माओवादी केन्द्रको भागमा परेपछि सोही क्षेत्रबाट उमेदवार बन्न लागेका हुन् ।
यस्तै प्रदेशसभा ख बाट सत्ता गठबन्धनका साझा उमेदवार प्रकाश देउवा बन्न लागेका हुन् । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकिय सचिव समेत रहेका देउवा कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख मा उमेदवार बन्न लागेका हुन् । आरजु आफु कैलाली ५ बाट ब्याक भएपछि उनले आफ्ना स्वकियलाई प्रदेशसभाको उमेदवार बनाएकी हुन् ।
नेकपा एमालेबाट प्रतिनिधीसभामा पार्टी पोलिटब्युरो सदस्य नारदमुनी राना बन्ने भएका छन् । २०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नि आरजुलाई पराजित गर्दै चर्चामा आएका राना यसपालिपनि एमालेको उमेदवार बनेका छन् । उनि एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री हुँदा बन तथा वातावरण मन्त्री समेत भइसकेका छन् ।
यस्तै एमालेले प्रदेशसभा क मा यत्र बास्तोलालाई उमेदवार बनाउन लागेको श्रोतले बतायो । एमालेका पुराना नेता बास्तोला एमाले महासचिव शंकर पोखरेलको नजरमा छन् । पार्टीले उनलाइनै टिकट दिने लगभग तयारी गरेको छ । प्रदेशसभा ख मा भने नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा प्रशाद जोशी टिकट पाउँदै छन् । २०७४ सालमा धनगढी उप महानगरपालिकाको मेयमा पराजित जोशी त्यसपछि सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष भइसकेका छन् ।