दार्चुलाको चमेलिया नदीमा मानिसको खुट्टा भेटिएको छ । मंगलबार सो नदीमा मानिसको खुट्टा भेटिएको हो । सोमबार उक्त नदीमा शैल्यशिखर नगरपालिका १ का ४० बर्षिय बहादूर सिंह बोहरा बेपत्ता भएका थिए । उक्त खुट्टा बोहराकै हुनसक्ने भन्दै अन्त्यस्ठी गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदी क्षेत्रमा भेटिएको खुट्टा परिवारको जिम्मा लगाइएको र आज नै अन्त्येष्टि पनि गरिएको जानकारी प्राप्त भएको जनाएको छ । बोहरा देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका थिए। सोही क्रममा बलिका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो।