कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका(९ शेरी बस्ने शिवराज जोशीका १४ वर्षीय छोरा दिवाकर जोशीको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
उनी खुटिया खोलामा नुहाउने क्रममा डुबी बेपत्ता भएकोमा प्रहरीले तत्काल उद्वार गरेर सेती प्रादेशिक अस्पताल पठाएको थियो । घाइते अवस्थामा फेला पारी तत्काल उपचारको लागी सेती प्रादेशीक अस्पताल पठाएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।