धनगढी : कैलालीको गोदावरी नगरपालिका ९ मा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छिन् । गोदावरी नगरपालिका ९ खुटियापुल नजिक नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
चुरे गाउँपालिका ५ खानिडाँडाका पदम बहादूर सिजाली मगरकी ५ बर्षिय छोरी प्रकृतीलाइै मोटरसायकलले ठक्कर दिदा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बुवाछोरी हिडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको हो ।
घाइते प्रकृतीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। मोटरसाइकल चालक फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए।