धनगढी : सत्ता गठबन्धनमा भएको सहमती अनुसार कैलाली क्षेत्र नम्बर ५ को क निर्वाचन क्षेत्र नेकपा माओवादीको भागमा परेको छ । क र ख बाट उमेदवार सिफारिश गरेको माओवादीले प्रदेशसभामा क निर्वाचन क्षेत्रमा भाग पाएको हो । एउटा मात्रै प्रदेश निर्वाचन क्षेत्र भागमा परेपछि संघ तथा ख क्षेत्रमा सिफारिश उमेदवारहरु समेत अहिले प्रदेशसभा क मा दावी गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामी, प्रदेश कमिटि सदस्य डि एल भण्डारी, प्रदेश कमिटि सदस्य शंकर लुहारले आफुहरुलाई बलियो दावेदारका रुपमा ठहरेका छन् । उनिहरु नेतृत्वलाई आफ्नो पक्षमा टिकट दिन माग गरिरहेका छन् ।
प्रदेशसभा ख बाट सिफारिश भएका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामी २०७४ सालको निर्वाचनमा कैलाली ५ कै ख बाट काग्रेंसका डिल्लीराज पन्तसित पराजित भएका थिए । झिनो मतले पराजित भएका धामी यस पटक जित्ने दावी सहित प्रदेशसभाको उमेदवार छन् । यस क्षेत्रको प्रमुख नेताका रुपमा चिनिएका धामी आफुले टिकट पाए काग्रेंसलाई समेत जित्न सहज हुने बताउँछन् ।
यस्तै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका शंकर लुहार संघमा सिफारिश भएका थिए । संघमा काग्रेंसले पाउने भएपछि उनलेपनि प्रदेशको टिकटका लागी दावी गरेका छन् । कैलाली ५ मा माओवादी बलियो रहेका कारण माओवादीको भागमा पर्ने उनको दावी छ । सत्ता गठबन्धनबाट आफु उमेदवार रहने उनले दावी गरेका छन् ।
जनयुद्धमा जेल जिवन समेत बिताएका धुगाल आफ्नो काम भन्दापनि समाजसेवा र पुर्णकालिन राजनितिमा उनले समय दिए । बिभिन्न आन्दोलनमा सक्रिय भुमिका खेलेका धुगाल गेटा मेडिकल कलेज निर्माणका लागी भएको संघर्ष समिति अध्यक्ष थिए । गेटा मेडिकल कलेज निर्माण शुरु गर्नुपर्ने माग राख्दै बिभिन्न आन्दोलनपछि बल्ल मेडिकल कलेजका संरचना निर्माण शुरु भएको थियो । यस्तै प्रदेश आयुर्वेद चिकित्सालय संघर्ष समितिको संयोजक भएरपनि उनले आन्दोलन थाले । यस्तै राना, थारु, चौधरी सघं्रालयको अध्यक्ष भएरपनि उनले सघ्रांलय सञ्चालनमा महत्वपुर्ण योगदान दिए । कैलाली क्षेत्र नम्बर ५ का अधिकाशं खानेपानी उपभोक्ता समुहका सल्लाहकार, तटबन्धन कार्यक्रममा सल्लाहकार लगायत बिकास निर्माणका कार्यमा उनको भुमिका उल्लेख्य रहेको छ ।
यस्तै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य डि एल भण्डारी सहित ५ जना नेताहरु अहिले कैलाली ५ क प्रदेशसभाको टिमटका लागी दौडधुपमा छन् ।