धनगढी : कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ७ स्थित चौधरी खोलामा चरी बाघ फेला परेको छ । चौधरी खोलामा बाघको एक बच्चा फेला परेको र सो बाघलाई उद्धार गरिएको डिभिजन बन कार्यालय धनगढीले जनाएको छ । सो चरी बाघको बच्चालाई उद्धार गरी सब डिभिजन बन कार्यालय मसुरियाले धनगढी ल्याएको हो ।
उद्धार गरेर ल्याइएको बाघलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ। उक्त बाघलाई केही दिनपछि वनमा छोडिने बताइएको छ। सो चरी बाघ अल्पवयस्क अवस्थाको रहेको जनाइएको छ।