कञ्चनपुर। कञ्चनपुरको एक होटेलमा सिल प्याक पानीको बोतल भित्र किरा भेटिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महाकाली मिनिरल्स प्रा.लीले उत्पादन गरेको अक्वा जय नामको पानीको बोतलमा किरा भेटिएको हो। होटेल सञ्चालकले भने “यो कम्पनीको सिल प्याक पानीको बोतल भित्र किरा भेटिएको यो दोस्रो पटक हो ।”
नाम नबताउने सर्तमा ती–“यो कम्पनीको पानीको बोतलमा यस्ता समस्या आइराख्छन।” महाकाली मिनिरल्स प्रा.लीका सञ्चालसंग पटक पटक सम्र्पक गर्न खोज्दा पनि उनीसंग सम्पर्क हुन सकेन । सिल प्याक भित्र पानीको किरा रहेको भेटिएको थियो ।