कैलाली। कैलालीको ट्राफिक व्यवस्थापनका लागि साझा प्रस्ताव गरिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदुरपश्चिम प्रदेश कमिटीको आयोजनामा जिल्ला ट्राफिक कार्यालय कैलाली तथा यातायात सम्वद सरोकार निकायहरु सगं छलफलमा कैलालीको ट्राफिक व्यवस्थापनका लागि साझा प्रस्ताव गरिएको हो ।
ट्राफिक व्यवस्थापनकालागि साझा प्रस्ताबमा पार्किङ, बसपार्क ब्यवस्थापन, ट्राफिक संकेत, जेब्राक्रसिङ चिन्ह, सडक सुरक्षा, संयुक्त सहायता कक्ष, सुचना प्रवाह, ट्राफिक चेकजाँच, सवारी चालक अनुमतीपत्र ब्यवस्थापन तथा सवारीको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण लगायत ११ ओटा साझा प्रस्ताव तत्काल गर्नुपर्ने रहेको छ।
यस्तै ट्राफिक प्रहरी, ब्यवसायी तथा संगठन बिच मासिक बैठक बस्ने, महिनामा ३ वटा प्रशिक्षण सञ्चालन गर्ने, पार्किङ, बस पार्क ब्यवस्थापन, ट्राफिक संकेत, जेब्राक्रसिङ चिन्ह, सडक सुरक्षा, संयुक्त सहायता कक्षकालागी स्थानिय सरकारसंग पहल गर्ने तथा सडक सुरक्षा सचेतना अभियान र सडक दुर्घटना अभियानका लागी कैलालीका स्थानिय निकायसँग छलफल गर्ने योजना रहेको छ। कैलालीको ट्राफिक व्यवस्थापनकालागि जिल्ला स्तरिय संयन्त्रमा कैलालीका ट्राफिक प्रमुख वकिल सिँह, सुन्दर सुदरपश्चिम यातायात ब्यवसायी संघका अध्यक्ष पदम सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष ललित चन्द, रिभर साईड यातायात प्रालीका अध्यक्ष गणेश ओली, कैलाली यातायात प्रालीका अध्यक्ष बालध्वज प्रसाई, खप्तड यातायात प्रालीका अनन्तराज जोशी, खप्तड मालीका यातायात प्रालीका दिल बहादुर खलौला लयातले प्रस्तावमा हस्ताक्षर गरेका छन् ।