बाजुरा। बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितमाथी कुटपिट भएको छ । बाजुराको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जनाएको छ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी लगायतको समुहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसंंग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित सुनारले बताएका छन ।नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातिय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पिडित टेकेन्द्र सुनारले बताए ।
वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध ऐडी र मन्दिरका पूजारी रङग उपाध्याय विरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातिय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछी वडा अध्यक्षलाइ सोधपुछका लागि नियन्त्रणमा ल्याएको र बाँकी दुइ जना फरार रहको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमख प्रहरी नायव उपिरक्षक सुर्य थापाले बताए । घटनाको बारेमा अनुसन्धान भइृरहेको प्रहरी प्रमुख थापाको भनाइ रहेको छ । घाइते सुनारको आँखा कान नाक र पीठ्युमा ठुलो चोट लागेको प्रहरी प्रमुख थापाको भनाइ रहेको छ ।