धनगढी : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी सत्ता गठबन्धनबाट कैलाली ५ मापनि नेकपा माओवादी केन्द्रले दावी गरेको छ । नेपाली काग्रेंसकी नेतृ तथा प्रधानमन्त्री शेर बहादूर देउवा पत्नी आरजु राणा देउवाले कैलाली ५ बाट ब्याक हुँदै समानुपातिक रोजेपछि माओवादी केन्द्रले कैलाली ५ मापनि आफ्नो बलियो दावी रहेको जनाएको छ ।
काग्रेंसबाट डिल्लीराज पन्तलाई कैलाली ५ मा टिकट दिने चर्चा चलिरहेपनि कसले पाउने निक्र्यौल हुन सकेको छैन । तर माओवादी केन्द्रले कैलाली ५ मा गठबन्धनबाट आफ्नो दलले पाउनुपर्ने अडान राखेको छ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य शंकर लुहार कैलाली ५ बाट सिफारिश भएका छन् । उनले गठबन्धनबाट कैलाली ५ मा बलियो दावी रहेको बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा माओवादी बलियो रहेका कारण माओवादीको भागमा पर्ने उनको दावी छ । सत्ता गठबन्धनबाट आफु उमेदवार रहने उनले दावी गरेका छन् ।
जनयुद्धमा जेल जिवन समेत बिताएका धुगाल आफ्नो काम भन्दापनि समाजसेवा र पुर्णकालिन राजनितिमा उनले समय दिए । बिभिन्न आन्दोलनमा सक्रिय भुमिका खेलेका धुगाल गेटा मेडिकल कलेज निर्माणका लागी भएको संघर्ष समिति अध्यक्ष थिए । गेटा मेडिकल कलेज निर्माण शुरु गर्नुपर्ने माग राख्दै बिभिन्न आन्दोलनपछि बल्ल मेडिकल कलेजका संरचना निर्माण शुरु भएको थियो । यस्तै प्रदेश आयुर्वेद चिकित्सालय संघर्ष समितिको संयोजक भएरपनि उनले आन्दोलन थाले । यस्तै राना, थारु, चौधरी सघं्रालयको अध्यक्ष भएरपनि उनले सघ्रांलय सञ्चालनमा महत्वपुर्ण योगदान दिए । कैलाली क्षेत्र नम्बर ५ का अधिकाशं खानेपानी उपभोक्ता समुहका सल्लाहकार, तटबन्धन कार्यक्रममा सल्लाहकार लगायत बिकास निर्माणका कार्यमा उनको भुमिका उल्लेख्य रहेको छ ।
म कैलाली क्षेत्र नम्बर ५ का जनताको हरेक समस्यामा गएको मान्छे हुँ उनले भने “यहाँका बिकास निर्माण देखी मुक्तीका आन्दोलनमा मेरो उल्लेख्य भुमिका छ, मेरो मुल्याकंन जनताले गर्नुभएको छ त्यस कारण मैले कैलाली ५ बाट उमेदवार बन्ने इच्छा राखेको हुँ, गठबन्धनमा म बलियो उमेदवार हुँ ।”
म आफै उमेदवार बन्न लागेको होइन उनले भने “मेरा शुभचिन्तकले यत्तिको काम गर्ने मान्छे हाम्रो प्रतिनिधी हुनुपर्छ भनेर भनेपछि मात्रै म तयार भएको हुँ, मेरो योगदानलाई पार्टीले मुल्याकंन गर्दै गठबन्धनको टिकट दिए सजिलो तरिकाले म बिजयी हुन्छु ।”
“कैलाली ५ मा सत्ता गठबन्धनबाट आफु र एमालेका नारदमुनी रानाबिचनै प्रतिस्प्रधा रहने छ, तर मेरो जित सुनिश्चित छ, राना एक कार्यकाल प्रतिनिधीसभा सदस्य हुँदा उनले गरेका कामको जनताले राम्रोसंग मुल्याकंन गरेका छन्, अब जनताले नयाँ अनुहार खोजेका छन् । ”