कैलाली। कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ। आज बिहान गोदावरीमा जीपको ठक्करबाट मृत्यु भएका गोदावरी नगरपालिका–१ भरतपुर बस्ने ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो। मृतक चौधरीका आफन्त र स्थानीयले अत्तरियास्थीत ईलाका प्रहरी कार्यालय मालाखेती अगाडीको पुर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका हुन्।
उनीहरुले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै चक्काजाम गरेका छन्। चक्काजाम पछि अत्तरियाको पुर्व रोडमा सवारी साधन ठप्प भएका छन। भने प्रहरीले चक्काजाम खुलाउने प्रयोस गरिरहेको छ । सोमबार बिहान गोदावरी धाम नजिकै बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदाँ चौधरीको घाइते भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थीत सेती प्रादेशीक अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।