धनगढी : आशन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा देशमै चर्चित क्षेत्र कैलाली ५ पनि छ । प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवा पत्नि आरजु राणा देउवाको क्षेत्रका रुपमा हेरिएको कैलाली क्षेत्र नम्बर ५ चर्चामा छ । २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन लडेकी आरजु एमालेका नारदमुनी राना संग पराजित भएपछि यस पालीको निर्वाचनमा उनि एकल उमेदवारका रुपमा पार्टी क्षेत्रबाट सिफारिश भएकी थिइन् ।
तर आरजुले आफ्नो पक्षमा माहोल ठिक नदेखेपछि समानुपातिक तर्फ गएकि छिन् । आरजुले समानुपातिक रोजेपछि कैलाली क्षेत्र नम्बर ५ मा धेरै नेताले आकाक्षां राखेका थिए । समानुपातिक तथा प्रदेशका लागी सिफारिश भएका नेताहरुपनि आरजुले छोडेपछि संघका लागी लविङमा थिए । चर्चामा रहेका काग्रेंस केन्द्रिय सदस्य नृप बहादूर वड, शुसिला मिश्र भट्ट, पुर्व केन्द्रिय सदस्य सुनिल भण्डारी, सुदूरपश्चिम महामन्त्री मनु शाह लगायतका नेताहरु चर्चामा रहेपनि चर्चामा रहेका बाहेकका नेताले टिकट पाउने सम्भावना बढेको छ ।
प्रतिनिधि सभा सदस्यमा डिल्लीराज पन्तलाई काँग्रेसले उम्मेदवार बनाउने भएको छ । पन्तको नाममा सहमति भएको बताइएको छ । काग्रेंसले पन्तलाई प्रतिनिधीसभाको उमेदवार बनाउने भएपछि अब पन्त र एमालेका नारदमुनी रानाको प्रतिस्प्रधा हुने देखिएको छ ।
त्यस्तै यसअघि पन्त निर्बाचित कैलाली क्षेत्र नम्बरको ‘ख’ तर्फको प्रदेश सभामा नेपाली काँग्रेसले प्रधानमन्त्री पत्निका स्वकिय सचिव समेत रहेका प्रकाश देउवालाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो । सङ्घ र प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुटिसकेको एक नेताले बतायो । नेपाली काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ को ‘क’ तर्फको प्रदेश सभामा भने माओवादीलाई सघाउने भएको छ । ख मा भने काँग्रेसले उम्मेदवारी नदिने बताइएको छ ।