कैलाली। कैलालीको घोडाघोडीबाट २० हजार नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बजार बाट ६ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। प्रहरीले शुक्रवार राती पहलमानपुर बजारको एक घरमा जुवा खेली रहेको सूचनाको आधारमा खान तलासी गर्दा नगद २० हजार १ सय रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० का ४० वर्षीय सुन बहादुर थिङग, वडा नम्बर–८ का ३५ वर्षीय आजित चौधरी, धनगढी उपमहानगरपालिका–६ का २५ वर्षीय ललित भण्डारी, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ३५ वर्षीय कृष्ण चौधरी, भारतको सैजापुरका ३१ वर्षीय प्रमोद गुप्ता र सोही ठाउँका २१ वर्षीय सोबित गुप्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको जनाएको छ ।


