धनगढी। धनगढीमा भारतबाट भन्सार छली ल्याएको १ लाख बढीको अवैध सामान बरामद भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुर ईलाकाबाट भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका १ लाख ६ हजार ४० मूल्य बराबरको सामग्री बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहतमा खटिएको गस्ति टोलीले धनगढी १३ राजपुर ईलाकाबाट भारतबाट उक्त अवैध रुपमा भन्सार छलि ल्याइएको सामग्री बरामद गरेको हो । बरामद भएका लत्ताकपडा, सुर्ति र बिडी बरामद गरी आवश्यक कारबाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले बताएको छ ।