कैलाली। कैलाली कारागार पछाडि वृद्धको शव फेला परेको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर १स्थित जिल्ला कारागार कैलाली पछाडि एक वृद्धको शव फेला परेको हो। कञ्चनपुर घर भएका अन्दाजी ६०/६५ वर्षीय धनसिंह जेठाराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक वेशप्रकाश जोशीले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। जेठारा छोरीको घरमा बस्न आएको र उनी मंगलबार रातिदेखि नै घरबाट निस्किएको उनका आफ्न्तले बताएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।


