बैतडी। बैतडीमा घर भत्किँदा एक जना किशोरीको मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्।
माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किएको थियो । घर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन्। आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो। घरमा च्यापिएर अन्य दुईजना समान्य घाइते भएका छन्।
बैतडीमा घर भत्किँदा १ जना किशोरीको मृत्यु, दुईजना घाइते
बैतडीमा घर भत्किँदा १ जना किशोरीको मृत्यु, दुईजना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

