कैलाली। कैलालीमा बाढीले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए।शनिबार बाढीले बगाएर बेपत्ता भएका उनको शव आज आइतबार फेला परेको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले चौधरीको शव भजनी नगरपालिका ८ जनकपुर नजिक फेला परेको जनाएको छ।शुक्रबार रातिदेखि परेको अविरल वर्षाले कैलालीको भजनी लगायतका बिभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति गरेको छ।


