धनगढी। कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का लागी नेपाली कांग्रेसकी नेतृ जागृती बोगटीले समानुपातिक उमेदवारमा सिफारिस भएकी छिन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनलाई केन्द्रित गरी बोगटीले कैलाली ५ प्रदेश सभा (ख) बाट प्रदेशसभाका लागी समानुपातिक उमेदवार भएको बताएकी हुन्।
नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति समेत रहेकी बोगटीले उमेदवारी घोषणासंगै अहिले भेटघाट कार्यक्रममा बेस्त रहेकी छिन् । उनले उमेदवारी घोषणामा भनेकी छन्, मेरो उमेदवारी देश र जनताको सेवा गर्नका लागि हो । म जनताको सेवक हुँ । त्यसैले आफु जहिले पनी देश र जनतालाई भरोसामा राखेर काम गरेका कारण प्रदेशसभामा गएर जनताका मुद्धा सम्बोधन गराउने चाहाना रहेको उनको भनाई छ ।
को हुन कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का प्रदेश समानुपातिक उमेदवार बोगटी
प्रदेश समानुपातिक उमेदवार जागृती बोगटी चिरपरिचित नाम हो तेता बोगटी लामो समय देखी समाजसेवासँगै राजनीतीमा सक्रिय रहेकी छिन् । समाजसेवा मार्फत दुखी पिडीतहरुलाई राहात सहयोग हूँदै कोरोनाकालको समयमा सिमाक्षेत्रमै गएर स्वास्थ्य सामाग्री बितरण देखी कैलालीमा बाढी तथा डुवानले पिडीत किसानलाई मलहम लगाउन सहयोग गरेकी छिन् । हुन त बोगटी २०४६ सालको जनआन्दोलन देखी हालसम्म समाजसेवासँगै राजनीतीमा सक्रिय रहेकी छिन् ।
सायद घरपरिवारको राजनितीक इमानदारीता, प्रेरणा र लगनशिलले नै बोगटीलाई समाजसेवासँगै राजनितीमा लाग्नुपर्छ भन्ने हौसला प्रदान गरेको हुनुपर्छ । डोटी जिल्लामा रहँदा बोगटीका ससुरा स्वर्गिय राम बहादुर बोगटी मन्त्री शिवराज पन्तको अगुवाइमा भएको २००७ सालको राणा बिरोधी क्रान्तीमा सक्रिय रहेका थिए। उनले २०१७ सालमा गाउंको एक बिद्यालयको स्थापना गरेका थिए । २०१७ सालमा पंचायत स्थापना भएपछि निरन्तर पंचायत बिरोधी कार्यमा सक्रिय रहेका थिए। २०४४ सालमा काँग्रेस समेत पंचायतमा भाग लिने निती अनुरुप डोटी जिल्ला क्षेत्र नम्बर को जिल्ला बिकास सदस्य भएका थिए । उक्त अवधीमा २०४४ सालमा क्षेत्र नम्बर ३ मा ६ वटा सामुदायीक बिद्यालयको स्थापना गराएका थिए । ससुरा बुवा स्वर्गिय बोगटीको सानिध्यमा रहेर २०४६ साल देखी हालसम्म नेपाली काँग्रेसको हरेक गतीबिधी तथा निर्वाचनमा सक्रिय रुपमा अगाडी बढीरहेकी छिन् । ४७ साल देखिनै डोटी को सिलगढीस्थित घरबाटै होलसेल व्यापार गर्दै समाजसेवा संगै राजनीति गर्दै गरेको बताएकी छिन् । हाल नेपाली काँग्रेसको सच्चा सिपाहीको रुपमा काम गर्दै आइरहेको छु उनले भनीन् ।
बोगटीले गरेका पार्टिगत जिम्मेवारीहरु तथा कार्य अनुभब
१ नेपाली काँग्रेसका उम्मेवार भक्त बहादुर बलायर जिताउन सक्रिय भुमिका निर्वाह २०४८ र २०५० सालमा डोटीमा
२ नेपाल ब्युटिशियन संघको संस्थापक अध्यक्ष र सुदुरपश्चिम संयोजक २०६९ सालमा
३ नेपाल ब्युटिसियन संघ सुदुरपश्चि संयोजक २०७० साल
४ २०७० सालको संविधान सभा निर्वाचन कैलाली क्षेत्र नम्बर ६ ट्रेड युनियनको तर्फबाट प्रचार प्रसार संयोजक
५ नेपाल महिला संघको नगरसभापती २०७१ साल देखी
६ नेपाली काँग्रेसका उम्मेदवार पुष्कर नाथ ओझा जिताउन भुमिका २०७१
७ स्थानिय निर्वाचनमा नृप बहादुर वड, सुशिला मिश्र भट्ट जिताउन सक्रिय भुमिका
८ नेपाली काँग्रेस उम्मेदवारका आरजु राणा देउवा जिताउन सक्रिय भुमिका
९नेपाली काँग्रेस उम्मेदवार २०७८ मा स्थानिय तहमा जिताउन भुमिका खेलेको
१० नेपाली काँग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रीय प्रतिनिधी
यस्तै बोगटीले थुप्रै संस्थामा रहेर कार्य अनुभब गरेकी छिन्
१ अन्तराष्ट्रिय सोसल मिडिया अवार्ड २०१८ बाट बिभूषीत
२ महिलासिप बिकास केन्द्र अध्यक्ष २०६९ देखी २०७९
३ त्रिनगर माध्यमिक बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष २०७१ देखी २०७३ सम्म
४ रघुवंशी बोगटी सेवा समाज अध्यक्ष २०७४ देखी २०७९
५ मेची महाकाली बुहारी संयूक्त आवाज कैलाली जिल्ला संयोजक २०७७
६ नेपाल भारत मैत्रीसंघ केन्द्रीय सदस्य
७ क्षेत्रीय समाज महासंघ केन्द्रीय उपाध्यक्ष
८ कोरोना महामारीमा भारतबाट आउने यात्रूहरुलाई सिमानाका गौरीपन्टानाकाबाट उद्धार
९ बिभिन्न संघसंस्थाबाट डोटी र कैलालीका बिभिन्न स्वास्थ्य संस्था चौकीमा बिभिन्न स्वास्थ्य सामाग्री बितरण तथा उपचारको बन्दोबस्त
आफुले यो सँगै बिभिन्न क्षेत्रमा काम गरेको उनको अनुभब छ। साथै उनले आफुले गरेको कार्य जनताले महसुस समेत गरेकाले जनता पनी आफुसँगै रहेको पनी बताएकी छिन् । कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) का प्रदेश समानुपातिक उमेदवार बनिरहँदा यस्मा सबैको साथ सहयोग रहने बिश्वास समेत लिएकी छिन् । जन प्रतीनिधीको रुपमा आएमा सम्पुर्ण समय जनताकैलागी खर्चिने र जनताकै पक्षमा हुने उनले जानकारी दिएकी छिन्।