कैलाली। कैलालीमा करिव १५ सय घर परिवार डुवानमा परेका छन् । लगातारको वर्षासँगै आएको बाढीका कारण १५ सय घर परिवार डुवानमा परेका र बाढी प्रभावितको संख्या बढ्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वि क्षेत्रका ५ पालिकामा डुवानका कारण नागरिकलाई समस्या भएको छ ।
जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिव ४ सय, कैलारी गाउँपालिकामा १ सय ८०, टिकापुर नगरपालिकामा १ सय ७५, भजनीमा करिव ६ सय ८०, लम्कीचुहामा १ सय ५० घर डुवानमा परेका छन् ।ती स्थानमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशीले बताए ।

