धनगढी। धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गर्दा अवतरण गर्दा ढिलाइ भएको छ। विमानस्थलको रनवेमा स्याल प्रवेश गरेपछि काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज आकाशमै फर्किएको थियो । धनगढी विमानस्थल कार्यालयले जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले धनगढीको आकाशमा करीब दुई मिनेटसम्म फन्को लगाएको थियो।
विमानस्थलका निमित्त प्रमुख सोहनराज जोशीले अन्य प्राविधिक समस्या नभई रनवेमा स्याल प्रवेश गरेकाले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको बताए् । उनले बेलाबखत रनवे ग्राउण्डमा स्याल प्रवेश गर्दा यस्तो समस्या हुने गरेको बताएका छन्। यसअघि काठमाडौंबाट धनगढी आइरहेको सौर्य एयरलाइन्सको जहाज धनगढी विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किए पनि दुर्घटना हुनबाट जोगिएको थियो।