धनगढी। धनगढी ९ बाङग्राकटानबाट भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद गरिएको छ । बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट खटीगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त अटोमा भन्सार छली ल्याउदै गरेको
उक्त सामान सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उक्त अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।