कञ्चनपुर। नेकपा एकीकृत समाजवादी कञ्चनपुरले आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी कञ्चनपुरका नेता रमेश पन्तले तीनै निर्वाचन क्षेत्रबाट नेता सिफारिस भएको जानकारी दिएका छन् ।
क्षेत्र नं १ मा प्रतिनिधी सभाबाट जिवनराज थापा, प्रदेश –(क)बाट प्रताप बहादुर चन्द, क्षेत्र २ संघीय तर्फ बिर ब. बुढाथोकी माधव पन्त र प्रदेश (ख) बाट लाल ब. खडका र क्षेत्र ३ संघीय तर्फ उर्वादत्त पन्त र प्रदेश (क) बाट प्रकास रावल, हरक सिह धामी, (ख) बाट तारा दत्त जोशी सिफारिस भएका छन् ।


