कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा किसान परिचय पत्र वितरण सुरु गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बर्गिकरण सहितको किसान परिचय पत्र वितरण सुरु गरिएको हो।राष्ट्रिय कृषक समूह महासघ नेपाल सुदुरपश्चिम प्रदेश कार्यसमिति र कष्णपुर नगरपालिकाको सम्झैता अनुसार केयर नेपालको आर्थिक सहयोगमा नगरपालिकामा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो।
सोमबाट एक कार्यक्रमका बिच नगरप्रमुख हेम राज ओझाले किसान परिचय पत्रको वितरणको शुभारम्भ गरेका थिए। करिब साढे ९ महिनापछि किसान परिचय पत्र वितरण कार्य कृष्णपुर नगरपालीका १ बाट बितरण गरिएको जनाइएको छ । सो कायक्रम अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण सुरु गरिएको छ । राष्ट्रिय कृषक समूह महासघ नेपालले यसअघि भदौ २५ गते देखि गोदावरी नगरपालिकामा पनि किसान परिचय पत्र वितरण सुरु गरेको थियो।