बाजुरा। बाजुराको बडिमालिकामा अनन्ते मेलाको अवसरमा आज सार्बजनिक बिदा दिएको छ। भदौ २६ गते बसेको नगर कार्यपालिकाको बैठकले स्थानिय सस्कृति पर्ब अनन्ते मेलाको अवसरमा आज सार्बजनिक बिदा दिने निणर्य गरेको हो। बडिमालिका नगरपालिकाले अनन्ते मेलाको अवसरमा सार्बजनिक बिदा दिएको जनाएको छ।
भाद्र पन्चमीको दिनबाट सुरु गरिने अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेका छन्। यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ। बाजुरालीले दशै पछिको महत्वपुर्ण पर्वका रुपमा अनन्ते पर्वलाई लिने गरेका छन्। महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हासिल गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको जानकारहरुले बताएका छन्।