कैलालीको सुखडकी एक १५ वर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ । गत भदौं २१ गते सुखड बजारको हेलिप्याडमा देउडा हेर्न गएकी किशोरी बलात्कृत भएकी हुन् ।
किशोरीले आफूमाथि बलात्कार भएको जाहेरी इलाका प्रहरी कार्यालय सुखडमा दर्ता गराएपछि उक्त घटना सार्वजकि भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीका अनुसार जाहेरीमा किशोरीले चारजनाले आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छिन् ।
शाहीका अनुसार राति १२ बजेतिर देउडा खेलिसकेपछि दुई जना युवती र चार जनासँगै निस्किएका थिए । अर्की युवती भने काम छ भन्दै घर गईन् । तर पीडीत किशोरीलाई भने एकजना युवकले घर पुर्याईदिने भन्दै सँगै लिएर गए ।
पछि ती युवकले किशोरीलाई कोही नभएको अर्को घरमा लिएर गएको शाहीले बताए । त्यहाँ ती युवकले अन्य साथीहरुलाई समेत बोलाएर बलात्कार गरेको किशोरीले बयान दिएकी छिन् ।
प्रहरीले घटनामा आरोपित ३ जना युवकहरुलाई पक्राउ गरिसकेको शाहीले बताए । युवतीको स्वास्थ्य परीक्षणका लागि धनगढी पठाईएको छ ।