धनगढी । धनगढी १२ मा गुरुकुल र गौशाला निर्माणका लागी प्रस्ताब गरिएको छ। धनगढी उपमहानगरपालीका १२ मा गौ संरक्षण अभियानकालागी प्रवचन अन्तरक्रिया छलफल कार्यक्रममा उक्त प्रस्ताव गरिएको हो । धनगढी १२ मा गुरुकुल र गौशाला निर्माणका लागी गौ संरक्षण अभियान स्वामि योगि पिताम्बरबाट प्रवचन अन्तरक्रिया छलफल कार्यक्रम गरिएको छ।
कार्यक्रममा गुरुकुल र गौशाला निर्माणका लागी प्रस्ताब गरिएको जुगेडास्थीत सिद्धनाथ सामुदायीक वन उपभोक्ता समुहका सचिब प्रमिला राई जानकारी दिइन् । हनुमान बेहडाबाबा मन्दिरको आयोजना उक्त कार्यक्रम गरिएको हो। रबिन्द्र बहादुर सिंहको सभापतित्वमा भएको छलफल कार्यक्रममा प्रमुख अतिथी स्वामि योगि पिताम्बर तथा बिशिष्ट अतिथीमा वडा सदस्य काले रावलको उपस्थीती रहेको थियो।