धनगढी। सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा विपद जोखीमका हिसाबले भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । मंगलबार धनगढीमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशको परिदृश्य भूकम्पमा आधारित प्रभाव आङ्कलन कार्यक्रममा सो जानकारी दिइएको हो।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा (सुपर) परियोजना अन्तरगत धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा भुगर्भ तथा भुकम्पीय प्रकोप र हुनसक्ने प्रभाबबारे छलफल गरिएको हो।
सुदूरपश्चिम विगत लामो समय देखि भूकम्प नगएको र भूकम्पकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा भुगर्भ विदले जोड दिएका छन् । भुगर्भ विद डाक्टर दिपक चौलागाईले बिभिन्न विपद जोखीम र भूकम्पको जोखिमका हिसाबले सुदुरपश्चिम प्रदेश उच्च जोखीममा रहेको बताए। भूगर्भविद् डा. चौलागाईले भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए।उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए। उनले बेलैमा प्राकृतिक विपदबाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे। सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार सुदूरपश्चिममा भूकम्पको जोखिममा सबै भन्दा बढी बझाङ जिल्ला रहेको छ। सुदूूपश्चिममा २०३७ सालमा बझाङ केन्द्रविन्दुभएर भुकम्प गएको थियो। यस्तै, बैतडी, अछाम, डडेल्धुरा र कञ्चनपुरका चुरे पहाड तथा लेसर हिमालय क्षेत्रपनि त्यतिकै मात्रामा भुकम्पको जोखिममा रहेका छन् ।सापेक्षिक रुपमा उच्च भुकम्पीय जोखीम जिल्लामा अछाम, डडेल्धुरा, बैतडी, कञ्चनपुर, कैलाली, डोटी छन् । प्रदेशको जमिनको उच्च प्रवेग ०.३० g देखी ०.३७ g सम्म छ । भूगर्भविद् डा. चौलागाईका अनुसार यदि सुदूरपश्चिम प्रदेशमा ८ दशमलब ६ रेक्टरको भुकम्प गएमा बिदाको दिन १० हजार ७ सय ९७ जना मानिसको मृत्यु बढी हुने सम्भावना रहेको छ । रातीको समयमा १६ हजार ७ सय ७२ जना र दिउँसो अर्थात कार्यालय समयमा भुकम्प गएमा ७ हजार ७६६ जनाको मृत्यु हुन सक्ने सम्भावना छ । सबैभन्दा बढी कैलाली जिल्लामा मानिसको मृत्यु बढी हुने सम्भावना छ । यदि सोही रेक्टरमा धनगढी उपमहानगरपालीकामा बिदाको दिन भुकम्प गएमा ५२३ जना , रातीको समयमा १ हजार १६८ जना र दिउँसो अर्थात कार्यालय समयमा भुकम्प गएमा ७७३ मानिसको मृत्युहुने सम्भावना रहेको छ।
अब भुकम्पीय प्रकोप र जोखीम आँकलन गरी साइस्किम माइक्रोजोनेसन गरी परिदृश्यमा आधारित कुल क्षती र नोक्सानी आँकलन गर्ने योजना बनाउनुपर्ने भुगर्भ विदले सुझाब दिएका छन् । यस्तै भुकम्पीय जोखीम न्युनीकरणका लागी अल्पकालीन, मध्यकालिन र दीर्घकालीन कार्ययोजना बनाउने, प्रादेशिक तथा स्थानिय तहमा ढाँचा तयार गर्ने रणनिती लिनुपर्ने र स्थानिय तहमा सबै बर्ग, क्षेत्रलाई समेटेर विपद जोखीम न्युनिकरणका लागी ऐन निती रणनितीक योजना तयार गरेर लागु गर्नुपर्ने बताए। सरकारी, समुदाय, निजी क्षेत्र तथा सरोकारबालाहरुको विपद पुर्व तयारी तथा प्रतिकार्य क्षमता अभिबृद्र्धी गर्ने सुझाब दिईएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद् सम्बन्धी सचेतना मूलक कामहरू अगाडि बढाउन आवश्यकता रहेको बताए ।
सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्त्वपूर्ण भए पनि त्यहाँ भएको भू बनोट संरचनाहरू जोखिमपूर्ण रहेका विपदबारे गम्भीर भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही स्थानीय तहले विपद् सम्बन्धी कामहरू गर्दै आएको उनले बताए । सूचकका आधारमा केही किसानको बिमा समेत गरेको भन्दै उनले चालु आर्थिक वर्षसम्म १३ हजार समूहलाई बिमीत गर्न तयारीमा रहेको उनले बताए । अब घर बनाउँदा माटो परीक्षण गरेर मात्रै भवन निर्माण गर्नुपर्ने उनको भनाइ छ । विपद्लाई न्यूनीकरण गर्ने तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने उनले बताए । यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताए । भूकम्पबाट बच्नको लागि पूर्व तयारीमा जुट्न स्थानीय तहलाई आग्रह गरे । अब बन्ने नयाँ भवन निर्माण गर्दा भूकम्परहित बनाउनुपर्ने उनले बताए । भवन निर्माण गर्दा गुणस्तरीय सामान प्रयोग भएको छ कि छैन चेकजाँच गर्नुपर्ने उनको भनाइ छ । भूकम्प रहित कार्यक्रम गरेर जनचेतना फैलाउनुपर्ने उनले बताए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका विपद शाखा प्रमुख लेखनाथ ओझाले विपद व्यवस्थापनका लाग नीतिगत कार्यविधि बनाएर धनगढीले काम गरिरहेको बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले विपद व्यवस्थापनको पूर्वतयारीमा लाग्नु पर्ने बताएकी थिइन् । उनले उद्धार गर्दा लक्षित वर्गलाई छुट्याएर वितरण गर्नुपर्ने बताएकी थिइन् । त्यस्तै, यूएनसीआरओका तेजमाया डंगोलले विपदका बेला महिला तथा बालबालिकालाई यौन शोषण तथा दुव्र्यवहार हुनबाट संरक्षण गर्नुपर्ने बताएकी थिइन । त्यस्तै, यूएनसीआरओका तेजमाया डंगोलले विपदका बेला महिला तथा बालबालिकालाई यौन शोषण तथा दुव्र्यवहार हुनबाट संरक्षण गर्नुपर्ने बताएकी थिइन । कार्यक्रममा नेपाल रेडक्रम सोसाइटीका लोकराज जोशी, मनिषराज तिमिल्सिना, चेतन साउँद, कृष्ण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गगन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्रालयका विष्णुदत्त अवस्थी गरेका थिए ।
भुगर्भ विद डाक्टर दिपक चौलागाईका अनुसार बिगत १० बर्षको अवधीमा सुदुरपश्चिम प्रदेशमा २११९ विपदका घटना भएको बताए । सन् २०११ देखी २०२१सम्ममा सबैभन्दा बढी सुदुरपश्चिमको कैलालीमा ४९३ विपदका घटना भएकोमा सबैभन्दा कम बैतडीमा ११७ भएका छन् । यस्तै कञ्चनपुरमा ४०६, अछाममा ३०९, बाजुरामा २०२,बझाङमा १५९,डडेल्धुरामा १५० विपदका घटना भएका छन् । यस्तै दार्चुलामा १४४, डोटीमा १३९ विपदका घटना भएका छन् । सुदुरपश्चिममा भएका २११९ विपदका घटना मध्ये सबैभन्दा बढी आगलागीका ९२९ वटा घटना भएका छन् । बर्षाका २४९, भारी बर्षाका २४८, पहिरोका २३४ वटा घटना भएका छन् । यस्तै बाढीबाट ११७ , जनावरको १०४ वटा घटना भएका भुगर्भ विद डाक्टर चौलागाईले बताए । सो अवधी अर्थात सन् २०११ देखी २०२१ सम्ममा १२७ जना पुरुष र १११ जना महिला गरी २३८ जना मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी पहिरो र चट्याङ्गका कारण मृत्यु भएको छ । यस्तै ९३७ जना मानिसहरु बिपदका घटनाबाट घाईते भएका छन् । ५३४५ घर क्षतीग्रस्त, ४२०८ आशिक क्षती र १२२७ घरहरु पुर्ण रुपमा क्षती भएका छन् ।यस्तै सुदुरपश्चिममा सो अवधीमा ७८ करोड रुपैयाँ बराबरको क्षती भएका छ । जसमा सबैभन्दा बढी कैलालीमा ३१ करोड रुपैयाँ बराबरको क्षती भएको तथ्याङले जनाएको छ। सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी आर्थिक क्षती सन् २०२१ मा भएको भुगर्भ विद डाक्टर चौलागाईले जानकारी दिए ।