धनगढी : कञ्चनपुरको बेदकोट नगरपालिकामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका वडा नम्बर १० दैजीकी १८ बर्षिय पुष्पा दमाइको मृत्यु भएको छ । घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा भेटिएपछि आफन्तले अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्हरी नायब उपरिक्षक चक्र बहादूर शाहले बताए ।
मृतकको शव परिक्षणका लागी महाकाली अस्पतालमा राखिएको छ । मेतक पुष्पाकी ४८ बर्षिय आमा मञ्जुदेवी दमाइलाई समेत भदौ १८ गते सर्पले टोकेको थियो । उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।